परराष्ट्रमन्त्री डा. आरजु राणा अमेरिका पुगिन्, जनसम्पर्क समितिले गर्यो स्वागत

न्यूयोर्क । परराष्ट्र मन्त्री डा. आरजु राणाको अमेरिकामा स्वागत गरिएको छ ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिवार दिउँसो क्यानडा हुँदै अमेरिकाको न्यूयोर्क आईपुगेकी परराष्ट्र मन्त्री डा. राणालाई जनसम्पर्क समितिको संयोजनमा भव्य स्वागत गरिएको हो ।

जनसम्पर्क समितिका अमेरिकाका सभापति आनन्द विष्ट, संयुक्त राष्ट्र संघको कूटनीतिक नियोगका स्थायी प्रतिनिधि लोक बहादुर थापा, नेपालका लागि न्यूयोर्कका वाणिज्य दूत चक्र बहादुर सुवेदी, अमेरिकाका विभिन्न राज्यका नेपाली अवैतनिक वाणिज्य दूतहरू, विभिन्न राजनैतिक दल र संघसंस्थाका प्रतिनिधिहरूले न्यूयोर्कको जोन अफ केनडी विमानस्थलमा परराष्ट्र मन्त्री राणाको स्वागत गरेका हुन् ।

जनसम्पर्क समितिका सभापति विष्टले परराष्ट्र मन्त्री राणालाई सामूहिक रूपमा अमेरिकामा रहेका राजनैतिक दलका प्रवासी संगठनहरु, सामाजिक संघ संस्था र नेपाली दूतावास र न्यूयोर्कस्थित युएनको स्थायी नियोगका तर्फबाट स्वागत गरिएको बताए ।

उनले अमेरिकामा नेपालीहरूले भोग्दै आएका समस्या समाधानका लागि कूटनैतिक पहल गरिदिन नेपालीहरूका तर्फबाट परराष्ट्र मन्त्री डा. राणासँग आग्रह गरिएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *