बस्तीमा बाघ देखिएको सूचनापछि भरतपुरमा वडाले गरायो सर्वसाधारणलाई सचेत

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ३ ले बिहान बेलुकाको समयमा हिँडडुल गर्दा सचेतना अपनाउन वडाबासीलाई आग्रह गरेको छ ।

वडा नं। ३ को भानु नौघरे टोल विकास संस्थाको पछाडिपट्टी पुङ्गी खोलाको झाडी तथा लिटिल फ्लावर स्कूल आसपास विभिन्न स्थानहरुमा बाघ देखिएको भन्दै स्थानीयले वडामा खबर गरेपछि बिहान बेलुकाको समयमा हिँडडुल गर्दा सचेतना अपनाउन वडाबासीलाई आग्रह गरेको हो ।

वडा नम्बर ३ का वडाध्यक्ष विकास थापाले एक सूचना जारी गर्दै आ-आफ्नो बस्ती अन्तर्गतका बाटो वरीपरी रहेका झाडीहरु सरसफाई गर्न अनुरोध गरेका हुन् ।

सूचनामा भनिएको छ,‘यस भरतपुर महानगरपालिका वडा नं। ३ को भानु नौघरे टोल विकास संस्थाको पछाडिपट्टी पुङ्गी खोलाको झाडी तथा लिटिल फ्लावर स्कूल आसपास विभिन्न स्थानहरुमा बाघ देखिएको भन्ने प्रत्यक्षदर्शीको भनाई सुन्नमा आएकाले आ(आफ्नो बस्ती अन्तर्गतका बाटो वरीपरी रहेका झाडीहरु सरसफाई गर्ने लगायत विहान बेलुकाको समयमा हिंडडुल गर्दा आवश्यक सचेतता अपनाउनु हुन वडावासीहरुमा जानकारी गराईन्छ ।’

केही समय अघि भरतपुर महानगरको बीच बस्तीमा बाघ पसेको थियो । त्यसयता महानगरको बीच बस्तीहरुमा बाघ देखिन थालेको भन्दै स्थानीय त्रसित बनेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *