रवि लामिछानेको दाबी- देउवा रिसाएको एक मिनेटमा ओली सरकार ढल्छ (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवा रिसाएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन्।

रास्वपाको संविधान मन्थन, व्यवस्थाको स्थायित्व र नागरिकको अपेक्षाबारे आयोजित कार्यक्रममा बोल्दै दुईतिहाइ शक्ति भएको सरकारमा पनि आत्मविश्वास नदेखिएको टिप्पणी गरे।

 

उनले भने, ‘दुई दितहाइको सरकार नै सबैभन्दा बढी अस्थिर छ। जनतामा आशा पलाउनुपर्ने हो, प्रधानमन्त्रीमा कन्फिडेन्ट आउनुपर्ने हो। मन्त्रीहरूमा चार्मिङ आउनुपर्ने हो। तर, खै देखिँदैन। यता टिसर्ट लगाएको मान्छे समातेको छ उता उपसभामुखलाई तान्नेकि त्यतातिर लागेको छ।’

दुईतिहाइ सरकारको कुनै प्राथमिकता नभएको भन्दै संविधान संशोधन गर्छु भनेर आफ्नो राजनीतिक सौदाबाजी गर्न नमिल्ने तर्क गरे।

Comments

6 responses to “रवि लामिछानेको दाबी- देउवा रिसाएको एक मिनेटमा ओली सरकार ढल्छ (भिडिओ)”

  1. परदेशी कान्छो Avatar
    परदेशी कान्छो

    हो नी! मरेको अर्को दिन सबैको दुईदिन हुन्छ नि! समस्या यो भयो कि मर्ने कहिले भन्ने नै पक्का भएन!
    😀😀😀

  2. RK Avatar
    RK

    ए -कांग्रेस सरकारले पहिलो प्राथमिकता मा रवि लामिछाने लाई समातेर कारवाही गर्न सकेन भने २ महिना भित्र राजीनामा दिएर वालकोट गए हुन्छ । हिम्मत छ ? समात्न ? …….. खै के खै के भने जस्तो ।

  3. ksp pyl Avatar
    ksp pyl

    यसले पनि के वाहियात कुरा गरेको ? गठबन्धन सरकारको महत्वपूर्ण घटकले समर्थन फिर्ता लिएमा सरकार ढल्छ भनेर के के न नयाँ कुरा गरेको भन्ने ठानेको ? बच्चै छ यो मान्छे अझै राजनीतिमा ।

    1. Dipak Khatiwada Avatar
      Dipak Khatiwada

      एक जना रिसाउदा एक जनाको नेतृत्व परिवर्तन हुन्छ त्यसैले म रिसाउछु भन्ने र तपाई नरिसाउनु भनी टांग मुनी छिरेर बस्ने हुन यी पुराना मक्किएका धमिराले पोचो बनाएको छ सबै ले यही सोचेर बसुन किन भने मैले भनिनै सके अब अरु तिर सोच्नै पर्दैन मेरो भजन मण्डली मा बस्नु म जे भन्छु थपडी मारेर आत्मीयान्नद लिन बिल्कुल बिलम्ब नगर्नु पनि भन्लान सोझो घुमाउरो पारामा त

  4. suresh sharma Avatar
    suresh sharma

    कती डराएको ए ठग ?काङ्रेशलाई फकाउदैछ

  5. Laleek Avatar
    Laleek

    दम छ ? यस्तो हिम्मत ? “स” शब्दले डामेकाहरूको माक: फुई ? जे होस् केटाले बोल्यो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *