बालेनको टी-सर्ट लगाएर इन्द्रजात्रा हेर्न आएका १३ जना रिहा

काठमाडौं। इन्द्रजात्रामा बालेनको टिसर्ट लगाएर आएका युवायुवतीको समूहलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको छ । १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर जनसेवा वृत्तमा राखेको थियो ।

काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज सिलवालले भने भीडलाई पन्छाएकोमात्र, तर नियन्त्रणमा नराखेको दाबी गरे ।

‘हामीले व्यक्ति विशेषको नाममा नाराबाजी गर्दा समस्या आउँछ भनेर उहाँहरुलाई त्यहाँबाट हटाएका हौं, कतै लगेर राखिएको होइन’, उनले दाबी गरे ।

इन्द्रजात्रामा विवाद ल्याउन सक्ने देखिएपछि उक्त समूह सुरुमा प्रहरीको नोटिसमा परेको थियो ।

Comments

2 responses to “बालेनको टी-सर्ट लगाएर इन्द्रजात्रा हेर्न आएका १३ जना रिहा”

  1. Nagendra Avatar
    Nagendra

    ‘र’ को एजेन्ट र भित्रि रुपमा भारतीयको इन्ट्रेस्टमा काम गरिरहेका छन् बालेन भन्ने बेलैमा नबुझ्ने हो भने नेपाली बिसेसत: नेपाली युवाहरुले धेरै क्ष्यति बेहोर्नु र गुमाउनु पर्ने छ !!
    नेपालीको इमानदारिता र पछौटे पनि अनि उन्नतिको चाहनालाई ‘क्याश’ गरेर प्रचण्डले उत्पात गरे पहिले !! अहिले अर्को पात्र ‘बालेन’ को नाममा ‘स्लो पोइजन’ भर्दै छन् नेपाली युवा दिमागमा !!
    यी दुवै भारतको इसारामा नेपाललाई असान्त, अस्थिर, कम्जोर बनाउने, पछौटे बनाइ राख्ने र दोश्रो ‘सिक्किम’ बनाउने भारतको कुत्सित योजनाका प्यादा !!!
    विचार गर, बिबेकी बन र अन्ध भक्त हैन बिस्लेसन गरेर बाटो तय गर !! गुमाएउ ‘शान’ भने ‘निशान’ पनि रहने छैन !!! निन्द्रामै छौ, बिउझिदा, ‘कुन देशको नागरिक’ भैएला !!!

  2. ksp pyl Avatar
    ksp pyl

    जानेर वा नजानेर वा खान पाएर बालेन बालेन नभनौं । दक्षिणको एजेण्टसँग सावधान रहौं । पछि माओवादीले १० वर्ष मान्छे मारेर देश ध्वस्त बनाए पछि पछुताए जस्तै पछुताउनु पर्ला । अहिले काँग्रेस माओवादीहरूले बालेन बालेन भनेको सुन्छु । तिनले किन त्यसो भनेको भने बालेन ओलिसँग भिडन खोजिरहेको छ । हुन त यस्ता फ्याउराले के ओलिसँग निहु खोज्नु ? दिल्लीको निर्देशनमा १० वर्ष जनता मारेर तर्साउन खोज्ने प्रचण्डसँग र भारतको प्रत्यक्ष निगरानीमा ओलिलाई घुँडा टेकाउन नाकाबन्दी गर्ने राजेन्द्र, उपेन्द्र, महन्त अहिले कहाँ छन् ? सबैले घुँडा टेके । त्यसपछि ओलि तह लगाउन तत्कालिन पार्टी आफ्ना बफादार दलाल प्रयोग गरेर फुटाएर सरकारबाट हटायो भारतले । अस्तिको पटक पनि एमाले माओवादीको सरकार छोडेर काँग्रेससँग बना भनेर दिल्लीले आदेश दिने बितिक्कै दलालहरूले राष्ट्रिय सहमतिको राग अलापेर एमालेलाई सरकारबाट हटाए । अहिले ती दलाल आफू हटनु परेपछि छट्पटाएर भुक्दै हिडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *