इन्द्रजात्रा समारोहमा मेयर साह अनुपस्थित, उपमेयर डंगोलले गरिन् महानगरको नेतृत्व (भिडिओ)

काठमाडौं । इन्द्रजात्राका अवसरमा काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसहित राज्यका उच्च पदस्थहरु समारोहमा उपस्थित छन् ।

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह भने समारोहमा अनुपस्थित रहे । उनले अघिल्लो वर्ष इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने भन्दै विदेशी अतिथिहरुलाई पनि बोलाएका थिए । तर, यसपालि आफैंले अघोषित बहिष्कार गरेका छन् । इन्द्रजात्रा छल्नकै लागि बालेन भारतको बैंगलोर पुगेको सचिवालयको दाबी छ ।

आज उनी फर्किने सेड्यूल भए पनि इन्द्रजात्रामा सहभागी नहुने निधो थियो ।

समारोहमा बालेनका केही समर्थकहरु उनको नाम र तस्विर अंकित टिसर्ट लगाएर पुगेका थिए । कार्यक्रम सुरु नहुँदै पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

इन्द्रजात्रा समारोहमा काठमाडौं महानगरको नेतृत्व उपमेयर सुनीता डंगोलले गरिन् । उनले राष्ट्रपतिसहित विशिष्ट पाहुनाहरुलाई स्वागत गरेकी थिइन् ।

Comments

2 responses to “इन्द्रजात्रा समारोहमा मेयर साह अनुपस्थित, उपमेयर डंगोलले गरिन् महानगरको नेतृत्व (भिडिओ)”

  1. Nagendra Avatar
    Nagendra

    सुनिता हुन् काठमान्डू सभ्यता को चिनारी, काठमान्डूको नेतृत्व, अनि भविस्य पनि !!
    काठमान्डू सक्ष्यम छ आफै उभिन, आफैं सुधारिन र बन्न !!
    इन्द्र जात्रा आज कत्ति सभ्य, शान्त र ब्येवास्थित अनि भयो नेपालीको परम्परागत अद्भुत ‘चाड’ जस्तो !!
    बधाई सुनिता, बधाई काठमान्डू, बधाई नेपाली !!!
    यस्तो हुन्थ्यो त नत्र ……… ??

  2. Yoganath Poudel Avatar
    Yoganath Poudel

    उचित निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *