पूर्वमन्त्री पौडेलसहितको टाेलीद्वारा मन्त्री दाहाललाई पसाहाको पुल निर्माण सुरु गर्न माग

सिमरा । नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलसहितको प्रतिनिधि मण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सँग भेट गरी सिमरा–कोल्हबी सडक अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा पर्ने पसाहा खोलामा तत्काल पुल निर्माण गर्न आग्रह गरेको छ ।

प्रतिनिमण्डलले सो खोलामा पहिलो पटक बजेट विनियोजन गरेर अर्को ठाउँमा सारिएको,दोश्रो पटक टेन्डर आहवान गरेर रद्द गरिएको हुनाले, यस आर्थिक वर्षमा रातो किताबमा योजना परेतापनि पनि बजेट सुनिश्चितता नभएकोले तत्काल बजेट सुनिश्चितता गरी ठेक्का प्रक्रिया सुरु गर्न मन्त्री दाहाललाई अनुरोध गरेको थियो । साथै पूर्व पश्चिम राजमार्गको दुधौरा खोलाको पुल निर्माणमा ढिलाई भइरहेको हुनाले तीव्रताका साथ कार्य सम्पन्न गराउन माग समेत गरेको थियो ।

मन्त्री दाहालले पसाहा पुलको योजना प्राथमिकतामा राखेर यसै वर्ष काम सुरु गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

साथै दुधौरा खोलाको निर्माणाधीन पुल यसै वर्ष सम्पन्न गर्ने योजनाका साथ काम भैरहेको मन्त्री दाहालको भनाइ थियो ।

प्रतिनिधि मण्डलमा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल,जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी,वडा नम्बर १७ का अध्यक्ष भीम लामा, वडा नम्बर १ का अध्यक्ष हिराबहादुर गुरुङ, वडा नम्बर २ का अध्यक्ष धनबहादुर श्रेष्ठ,वडा नम्बर २१ का अध्यक्ष सुभाष श्रेष्ठ, नेकपा एमाले रौतहटका उपाध्यक्ष रुपेश पटेल, वडा नम्बर १७ का एमाले अध्यक्ष चुडाहरी अधिकारी लगायतको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *