रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विश्वविद्यालयहरुमा राजनैतिक दलहरुले भागबण्डाका आधारमा गरिने नियुक्ति गुणस्तरीय शिक्षाका लागि बाधक रहेको बताएका छन् ।
रुपन्देहीको शुद्धोधनमा संचालित यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पसमा शुक्रवार आयोजित कार्यक्रममा महामन्त्री थापाले राजनैतिक दलको भागबण्डामा नियुक्ति भएर आउनेहरुले विश्वबिद्यालयको शिक्षालाई जुन हैसियतमा पुराउनु पर्ने हो त्यो संभव नदेखिएको उनको तर्क थियो ।
दलहरुलाई भागबण्डाका आधारमा गरिने नियुक्तिवालाले सोही दलको भावनाअनुसार मात्र काम गर्ने गरेको विगतका उदाहरणले पुष्टि गरेको समेत महामन्त्री थापाले बताए । सरकारले उच्च शिक्षामा लगानी बृद्धि गरी पठन पाठन शैलीलाई सुधार गर्न जरुरी रहेको भन्दै उनंले पठनपाठन शैलीमा परिवर्तन गरी शिक्षाका लागि विदेशने जमातलाई रोक्न सकिने धारणा राखे ।
शिक्षाका लागि पूर्वाधार माध्यम मात्र भएको भन्दै विद्यार्थीले के सिके र कस्तो सिके भन्ने विषयमा ध्यान दिन जरुरी रहेको समेत औल्याए ।
शिक्षामा सरकारको लगानी न्यून रहेको भन्दै समुदायले शैक्षिक संस्थाले पुराएको योगदानको सरकारले उच्च सम्मान गर्नुपर्नेमा जोड दिए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रमेश खनालले क्याम्पसले हालसम्म गरेका शैक्षिक उपलब्धी र भावी योजनाका वारेमा प्रकाश पारे ।

Leave a Reply