लिपुलेक कालापानी भारतको हो भनेकोमा मेटमणिलाई नेकपा एसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेकपा एकीकृत समाजवादीले लिपुलेक कालापानी भारतको हो भनेकोमा उपमहासचिव मेटमणि चौधरीलाई स्पष्टिकरण सोधेको छ ।

भदौ २५ गते प्राइम टीभीमा दिएको अन्तरवार्तामा चौधरीले लिपुलेक र कालापानी भारतले दाबी गर्छ । भारतको दाबी पुग्छ, उसको दाबी पुग्छ … जस्ता अभिव्यक्ति दिएका थिए ।

महासचिव घनश्याम भूसालले चौधरीलाई स्पष्टीकरण सोध्दै लेखेको पत्रमा भनिएको छ, ‘अनेकौं तथ्यहरुले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईंले किन बोल्नु भएको हो ?’

चौधरीलाई यसबारे ३ दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिइएको छ ।

Comments

3 responses to “लिपुलेक कालापानी भारतको हो भनेकोमा मेटमणिलाई नेकपा एसले सोध्यो स्पष्टीकरण”

  1. bharat kumar thapa Avatar

    मेटमणी चौधरी भारतिय दलाल क्रिश्चियन मान्छे कस्तो खालको हो यसलाई तुरुन्त कारबाही गर सांसद बाट हटाउ नत्र यो भारतको लागि जे पनि बोल्ने छ

  2. ksp pyl Avatar
    ksp pyl

    मैले पहिले देखि नै भन्दै आएको थिएँ कि यो भारतको टट्टु हो भनेर । यसले आफ्नो असली रूप देखाईहाल्यो ।भारतले केपि विरूद्वको आफ्नो रिस यो दलाल र मकवानपुरको खतिवडा थरको अर्को दलाल मार्फत पोख्थ्यो । यसलाई धेरै भाउ दिएर प्रश्न सोध्ने, हाईलाईट गर्ने पत्रकारमाथि पनि शंका छ ।

  3. डा. शमोला भुसाल Avatar
    डा. शमोला भुसाल

    अब माकुने अध्यक्ष भएको पार्टीले मेटमणि लाई सांसद सदस्यताबाट हटाउन पहल गर्नुपर्ने हुन्छ। त्रिभुज कमरेड टिके महासचिव घनश्याम भुसालको पनि परीक्षा हुन्छ। अब पनि यो पार्टीले गरिखाला त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *