उपसभामुखबारे रास्वपा- उहाँले पद जानेसम्मको गल्ती गर्नुभएको छैन, हटाए प्रतिकार गर्छौँं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानाले अन्तर्वार्ताका लागि लेखिदिएको भनेको पत्र कार्यालय भन्दा बाहिर नगएको दाबी गरेको छ।

राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी पत्रको बारेमा उपसभामुखले स्पष्टीकरण दिइसकेको बताए।

संवैधानिक परिषद्मा सत्ता गठबन्धनको आफूअनुकुल बहुमत नभएको कारणले अहिले फेरि यो बिषय उठाइएको जिकिर गरे।

उनले भने, ‘गल्तीको हिसाबले हेर्ने हो भने उहाँको लेबलबाट जुन पत्र बाहिरिएको छ, त्योबाट कुनै कामकारवाही नै भएको छैन भने उहाँको पद जानेसम्मको त्रृटि होइन। त्यो कारणले रास्वपाले उहाँको पक्षमा वकालत गर्छ।’

पत्रको बिषयमा उपसभामुखको सचिवालयको केही त्रृटि भएपनि आफ्नो कुनै गल्ती नभएको प्रष्टीकरण दिएको सुनाए।
कार्यवहाक प्रवक्ता मनिष सुमनले पनि पार्टीले कारवाही गरेको डा. ढाकाकुमार र उपसभामुखको बिषयलाई जोडेर हेर्न नमिल्ने तर्क गरे। उनले उपसभामुखलाई हटाउने बिषयमा कुुरा आएपछि आफूहरु आन्तरिक रुपमा छलफलमा रहेको बताए।

उनले भने, ‘उहाँलाई हटाउने कुरा सुनेको छौँ बाहिर आइरहेका छन्, यदि त्यो प्रयास भए हामी त्यसको प्रतिकार गर्छौँ।’

Comments

One response to “उपसभामुखबारे रास्वपा- उहाँले पद जानेसम्मको गल्ती गर्नुभएको छैन, हटाए प्रतिकार गर्छौँं”

  1. ksp pyl Avatar
    ksp pyl

    पत्याउनुहोस् नपत्याउनुहोस् यिनको मिहिन संग छानबिन गरौं । मान्छे विदेश पठाउन पल्केको हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *