सरकारी कार्यालयको खाजा समय आधा घण्टामा झारियो, उल्लंघन भए कम्प्लेन गर्न प्रधानमन्त्रीकाे आग्रह

काठमाडौं । सरकारले अब सरकारी कार्यालयहरुमा खाजा खाने समय घटाएको छ । खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय आधा घण्टामा झारिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

अबदेखि सरकारी कार्यालयमा खाजा खाने समय १ः३० बजेदेखि २ बजेसम्म हुने उनले उल्लेख गरेका छन् ।

त्यस्तै, उनले खाजा खाने क्रममा नियम उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न पनि आग्रह गरेका छन् ।

‘खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन’, उनले लेखेका छन्, ‘कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १।३० देखि २ बजेसम्म कायम गरिएको छ। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।

Comments

2 responses to “सरकारी कार्यालयको खाजा समय आधा घण्टामा झारियो, उल्लंघन भए कम्प्लेन गर्न प्रधानमन्त्रीकाे आग्रह”

  1. पिताम्बर दाहाल! Avatar
    पिताम्बर दाहाल!

    कर्मचारीलाई एक घन्टा ब्रेक दिदा केहि फरक पर्दैन!अरु बेला मरी मरी खटछ्न!राम्ररी खान लाउन तलब पनि नदिने खाली पेल्ने मात्र गरेपछी कताबात हुन्छ शुशाशन!

    1. Mr. Manil Avatar
      Mr. Manil

      Chor karmachari paryo ki k ho?

Leave a Reply

Your email address will not be published. Required fields are marked *