दुबईबाट काठमाडौं ओर्लिएका २ महिलालाई पछ्याएर लुटपाट

काठमाडौं। दुबईबाट काठमाडौं ओर्लिएका दुई महिलालाई पछ्याउँदै लुटपाट गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खोटाङको दिक्तेलका ३३ वर्षीय प्रकाश भन्ने विकाश श्रेष्ठ, रामेछापको लिखु तामाकोशीका २८ वर्षीय गुन्दास भन्ने मनोज भुजेल र बाजुराको त्रिवेणीका ३२ वर्षीय डम्मलाल पाध्याय रहेका छन्।

एक जना फरार रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजि आचार्यले जानकारी दिए। प्रहरीका अनुसार साउन २९ गते दिउँसो उक्त गिरोहले २ थान आईफोन-१५, सामसुङ कम्पनीको दुई सेट मोबाइल, एप्पल कम्पनीको एक थान ल्यापटप र २ तोला दरको दुईवटा सिक्री लुटेको थियो।

घटनाका अनुसन्धानमा खटिएका एक अधिकारीका अनुसार उक्त गिरोहले आफुलाई प्रहरी बताउँदै नियमविपरित ल्याइएको सामान भन्दै लुटेका थिए।

घटनाको केही समयपछि मात्र पिडितले प्रहरीमा उजुरी गरेका थिए। प्रहरीले घटनामा प्रयोग भएको २ सय २० र २ सय सिसिको पल्सर मोटरसाइकल पनि बरामद भएको जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *