कुलप्रसाद केसीको दाबी : लुम्बिनीको मुख्यमन्त्री म हुँ,कर्मचारीले मेरो आदेश मान्नुपर्छ

रूपन्देही । नेकपाका एमालेका संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले सपथ खुवाएपछि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले बहुमतको मुख्यमन्त्री आफू नै भएको दाबी गरेका छन्।

गठबन्धन दल माओवादी, कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट ४२ सांसदको बहुमत भएको भन्दै केसीले मुख्यमन्त्री घोषणा गरेका हुन्। उनी चार दलको प्रस्तावित मुख्यमन्त्री रहेका छन् ।

प्रदेश प्रमुख कार्यालय अगाडि धर्नामा बसेका गठबन्धनका तर्फबाट बोल्दै प्रदेश प्रमुखले असंवैधानिक काम गरेको नेता केसीको टिप्पणी छ।

‘३७ जना सांसद रहेको एमालेका मुख्यमन्त्री नियुक्ति गरे शपथ ग्रहण गररेर दुर्घना निम्त्याइएको छ’, केसीले भने ।

उनले मुख्यमन्त्री आफू नै भएको बताउँदै कर्मचारीलाई पनि त्यहीअनुसार काम गर्न निर्देशन दिएका छन्।

नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले पनि बहुमतको मुख्यमन्त्रीलाई शपथ नखुवाउन प्रदेश प्रमुखलाई आग्रह गरेका थिए।

प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को १ अनुसार बहुमत दलका रुपमा एमालेका तर्फबाट मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गरेका थिए। यो लगत्तै प्रदेश कार्यालय घेराउ गर्दै तीन दलले शपथ रोक्न माग गरेपनि मुख्यमन्त्री पोखरेलले कडा सुरक्षा घेरामा शपथ लिइसकेका छन् ।

Comments

2 responses to “कुलप्रसाद केसीको दाबी : लुम्बिनीको मुख्यमन्त्री म हुँ,कर्मचारीले मेरो आदेश मान्नुपर्छ”

  1. चन्द्र प्रकाश केसि Avatar
    चन्द्र प्रकाश केसि

    म नेपालको प्रधानमन्त्री हु मेरो आदेश तैले मान्नुपर्छ भन्दा त मान्छस कुले आफुलाइ जे मन लाग्यो त्यही बन्न पाइन्छ ।

  2. सत्य कुरा बोल्ने मान्छे Avatar
    सत्य कुरा बोल्ने मान्छे

    लुम्बिनी प्रदेशको बहुमत प्राप्त मुख्य मन्त्री माननीय कुल प्रसाद के.सि.ज्यू नै हो।सम्सद टेबुलमा अल्पमत पर्ने डरले राजिनामा दिएर बहुमत नै नपुराएर किर्ते गरेर मु.म.नियुक्ती गर्न लगाउने।प्रदेश प्रमुखले बहुमत प्राप्त दललाइ मु.म.दाबी गर्न सूचना गर्नु पर्दैन?सूचना नै नगरी बहुमत नै नभएको मान्छेलाइ मु.मबनाउने?सम्सदिय अभ्यास गर्नुपर्यो नि सम्सदिय ब्यबस्थामा बसे पछि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *