कठमाडौं । नेकपा एमालेले सत्ता साझेदार नेपाली कांग्रेसलाई आश्वस्त पार्दै वामपन्थी पार्टीहरुबीच कुनै मोर्चाबन्दी नहुने प्रस्ट पारेको छ । बुधबार सम्पन्न पोलिटव्युरो बैठकका निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आगामी चुनाव एक्लै लड्ने बताए ।
बैठकमा वामपन्थीका नाममा कुनै मोर्चा बन्छन् कि भन्ने विभिन्न कोणबाट कुरा आए पनि त्यो सम्भव नरहेको अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । ओलीले अब कांग्रेस पनि एक्लै चुनाव लड्ने ठाउँमा पुगेकाले एमालेका लागि एक्लाएक्लै प्रतिस्पर्धाको मौका आएको बताएका छन् ।
गौतमले भने, ‘नेपाली कांग्रेसले एक्लै चुनाव लड्छु भनेको छ । एमाले हिजो पनि एक्लै गठबन्धनसँग लडेको र आज पनि एक्लै चुनाव लड्छौं । आफ्नो नीति तथा कार्यक्रम लिएर वामपन्थीका नाममा कुनै मोर्चा बन्ने सम्भावना छैन ।

Leave a Reply