पाकिस्तानमाथि पहिलो टेस्ट जितपछि शृंखला पनि बंगलादेशको कब्जामा

काठमाडौं। बंगलादेशले पाकिस्तानसँगको दुई खेलको टेस्ट क्रिकेट शृंखला क्लिन स्विप गरेको छ। दोस्रो तथा अन्तिम खेलमा बंगलादेशले ६ विकेटको जित हात पार्‍याे।

पाकिस्तान भ्रमणमा रहेको बंगलादेशले पहिलो खेल जित्दा पाकिस्तानमाथि त्यो ऐतिहासिक टेस्ट सफलता थियो।

एक सय ८५ रनको लक्ष्य बंगलादेशले पाचौँ तथा अन्तिम दिन ४ विकेट गुमाएर पुरा गर्‍याे। दोस्रो पालीमा बंगलादेशका जाकिर हसनले ४०, नाजमुल होसेन सान्टोले ३८, मोमिनुल हकले ३४ र सदमान इस्लामले २४ रन बनाए। यस्तै सकिब अल हसन २१ र मुसफिकर रहिम २२ रनमा अविजित रहे।।

यसअघि पहिलो पटकमा १२ रनले पछाडि परेको बंगलादेशले दोस्रो पटकमा पाकिस्तानलाई एक सय ७२ रनमा समेटेर जितको आधार तयार गरेको थियो।

पाकिस्तानलाई सस्तोमा समेट्न हसन महमुदले ५ र नाहिद रानाले ४ विकेट लिए। पाकिस्तानले १० खेलयता घरेलु मैदानमा टेस्ट जित हात पार्न सकेको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *