मकवानपुर र चितवनमा बिहानैबाट भारी वर्षा

हेटौँडा । बागमती प्रदेशको मकवानपुर र चितवन जिल्लाको विभिन्न स्थानमा बिहानैदेखि भारी वर्षा भइरहेको छ ।

मकवानपुरको हेटौँडा सहित आसपासको क्षेत्रमा बिहानबाट निरन्तर वर्षा जारी छ । काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मकवानपुरको हात्तीसुँडेमा भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो एक घण्टामा ५६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै चितवनको कल्याणपुरमा ४५.६ मिलिमिटर वर्षा भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *