नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि नै कायम, अन्तरिम आदेश खारेज

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि नै कायम हुने भएको छ । ३० वर्षे सेवा अवधि विवादमा सर्वोच्च अदालतले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेसँगै ३० वर्षे सेवा अवधि कायम भएको हो ।

न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको संयुक्त इजलासले सरकारको भ्याटेकमा मागबमोजिम हुने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए ।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एएसपी)सहितका केही प्रहरी अधिकृत जीवनकुमार श्रेष्ठसहित २१ जनाले आफूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन लागेको भनी सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि सरकारले यो आदेश कार्यान्वयन गर्न नसकिने भन्दै गृह मन्त्रालयमार्फत भ्याकेटको निवेदन दर्ता गरेको थियो ।

प्रहरी अधिकृतले भदौ ५ गते रिट दर्ता गराएका थिए भने सरकारले भदौ १२ गते भ्याकेटको निवेदन दर्ता गराएको थियो ।

Comments

One response to “नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि नै कायम, अन्तरिम आदेश खारेज”

  1. ksp pyl Avatar
    ksp pyl

    अदालतका न्यायाधिशहरू पनि मुद्दालाई एक अर्कालाई देखाईदिने हतियार बनाउँदा रहेछन् ।
    यस्ता न्यायाधिश र यस्तो न्याय प्रणाली किन चाहियो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *