ओली सरकारको कामको समीक्षा गर्दै एमाले, संगठन सक्रिय बनाउन कार्ययोजना बनाउने

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा गर्ने भएको छ । आज बस्ने सचिवालय बैठकले सरकारको कामकारबाहीबारे समीक्षा गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनले भने, ‘सरकारले गरेका अहिलेसम्मको कामको समीक्षा हुन्छ । आगामी दिन सरकारले गर्नुपर्ने कामको बारेमा पनि बैठकमा छलफल हुन्छ ।’ बैठक दिउँसो १ बजे बस्दैछ ।

उनले सडकमा विभिन्न समूहले देखिएको अराजकताको विषयमा पनि गम्भीर छलफल हुने उनले बताए । गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको थियो । त्यसबाहेक अन्य व्यवस्थाविरोधी अराजक आन्दोलत र प्रवृत्तिको बिषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

यस्तै बैठकले पार्टीको वार्षिक कार्ययोजनाबारे पनि छलफल हुने बताए । संगठनात्मक कामकारबाही, जनपरिचालन, कार्यविभाजनलगायतका विषयमा पनि छलफल हुने उनले बताए ।

Comments

One response to “ओली सरकारको कामको समीक्षा गर्दै एमाले, संगठन सक्रिय बनाउन कार्ययोजना बनाउने”

  1. लोकराज शर्मा Avatar
    लोकराज शर्मा

    केपि ओलिको जुँगा जता चल्छ त्यसैका आधारमा समीक्षा हुने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *