एपीएफ एएफसी वुमन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो

काठमाडौं। नेपालको एपीएफ क्लब एएफसी वुमन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणकबाटै बाहिरिएको छ।

बुधबार साँझ भएको आफ्नो दोस्रो तथा अन्तिम खेलमा एपीएफले मलेसियाको सबाहसँग गोलरहित बराबरी खेल्यो।

जित्नैपर्ने दबाबमा रहेको एपीएफले गोल गर्न सकेन।

पहिलो खेलमा उज्वेकिस्तानको नासाफसँग १-० गोलले पराजित भएको नेपाली टोली एक अंकसहित समूहको पुछारमा रह्यो।

तीन टोली रहेको समूहबाट शीर्ष टोली मात्र अगाडि बढ्ने प्रावधान थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *