नेपाल र भुटानबीचको खेल टाइब्रेकरमा

काठमाडौं। साफ यू-२० च्याम्पियनसिपको अहिले भइरहेको सेमिफाइनलअन्तर्गत भुटान र नेपालबीचको खेल टाइब्रेकरमा पुगेको छ।

निर्धारित समयको खेल १-१ गोलको बरारबीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो।

एन्फा कम्प्लेक्समा भइरहेको खेलमा सुरुवाती अग्रता भुटानले लिएको थियो। भुटानका जेत्सुएन दोर्जेले ५५ औँ मिनेटमा गोल गरेका थिए।

उनले डी बक्सबाहिरबाट फस्ट बार च्यापेर गरेको प्रहार गोल भएको थियो। ७८ औँ मिनेटमा नेपालका निराजन धामीले गोल गरे। उनले एयर बलमा डीबक्सभित्रबाट हेडमार्फत गोल गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *