बराबरीमा फर्कियो नेपाल

काठमाडौं। साफ यू-२० च्याम्पियनसिपको अहिले भइरहेको सेमिफाइनलमा भुटानसँग भिडिरहेको नेपाल बराबरीमा फर्किएको छ।

एन्फा कम्प्लेक्समा भइरहेको खेल १-१ गोलको बराबरीमा छ। ७८ औँ मिनेटमा नेपालका निराजन धामीले गोल गरे।

उनले एयर बलमा डीबक्सभित्रबाट हेडमार्फत गोल गरेका थिए। त्यसअघि भुटानका जेत्सुएन दोर्जेले ५५ औँ मिनेटमा गोल गरेका थिए। उनले डी बक्सबाहिरबाट फस्ट बार च्यापेर गरेको प्रहार गोल भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *