गोकुलको गर्जन- मिलेमतोमा १६ अर्ब छुट दिनेले हिरोइजम देखाउनु पर्दैन, भाइरल मेनसँग डराइन्नँ (भिडिओ)

कुलमान घिसिङले ९ वर्षसम्म २२ अर्ब बक्यौता नउठाएर लोकप्रियताको आडमा विद्युत महसुल विवादलाई राजनीतिकरण गरेको आरोप

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले विगतको सरकार र विद्युत प्राधिकरणको नेतृत्वले मिलेमतोमा १६ अर्ब रूपैयाँ महसुल छुट दिएको भन्दै अहिले सरकारबाहिर गएपछि हिरोइजम देखाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा माओवादी केन्द्र र रास्वपाका सांसदहरूले अहिलेको सरकारमाथि आरोप लगाएपछि बास्कोटा आक्रोशित बनेका हुन् । उनले हजार कुतर्कको काम छैन भन्दै ९ वर्षदेखि बक्यौता नउठेको स्मरण गराए ।

बास्कोटाले भने, ‘९ वर्षदेखि विद्युत प्राधिकरणको नेतृत्वमा को छ ? उठाउने भए यो समय पर्याप्त होइन ? मैले सन्चारमन्त्री भएका बेला १ वर्षमा ५१ अर्ब राजश्व उठाइदिएको अनुभव छ । अचेल खुबै नो इफ नो बट भन्ने भाषा चलेको छ । म पनि भन्छु, नो इफ नो बट विद्युत महसुल नउठाउनेलाई कारबाही गर्नुपर्छ कुरा क्लियर कट । मलाई कुनै लोकरिझ्याइँ गर्नु पनि छैन, गलत कुराको आँधीबेहरी केही समय चल्ने हो, तर सत्य एउटै हुन्छ । तत्कालीन सरकार (प्रचण्ड) र विद्युत प्राधिकरणको नेतृत्वलाई प्रश्चन छ, १६ अर्ब मिनाह किन दिइयो ? एकातिर महसुल नउठाउने, अर्कोतिर हिरोइजम देखाउन पर्दैन । मिलेमतोमा महसुल छुट दिनेको लोकरिझ्याइँ पनि धेरै टिक्दैन । विद्युत प्राधिकरण राज्यको सम्पत्ति हो, कुनै एक पपुलिस्टको निजी सम्पत्ति होइन ।

बास्कोटाले विद्युत प्राधिकरणको नेतृत्वले आफ्नो दायित्व बमोजिम महसुल नउठाएर राजनीतिकरणमा लागेको भन्दै यो राजनीतिकरणको विषय समेत नभएको बताए । उनले नाइस टु अलबाट समस्या समाधान नहुने भन्दै अबको लोकतन्त्र लिपिपोतिबाट नचल्ने समेत बताए । उनले व्यक्तिको पपुलारिटीबाट तर्सिनेखालको व्यक्ति आफू नरहेको र आफूले धेरै आक्रमणहरू सहेर आएको समेत प्रष्ट पारे ।

Comments

2 responses to “गोकुलको गर्जन- मिलेमतोमा १६ अर्ब छुट दिनेले हिरोइजम देखाउनु पर्दैन, भाइरल मेनसँग डराइन्नँ (भिडिओ)”

  1. Rajan shrestha Avatar

    माननिय गोकुल बास्कोटा ज्युको तर्क मर्म भावना विषयबस्तु संग सम्बन्धित र वास्तविकता झल्किएको छ|कोहिकहि ला साच्चिकै हिरोजम पपुरल हुनुमा शब्द प्रयोग गरेर बोलेको सुने|हिजो बारम्बार सरकारम हुदा हिजो बारम्बार ऊर्जामन्त्रालय मा हुदा अनि एउटै चलानि नम्बर दुइवटा पत्र हुदा १६ अर्व छुट गर्दा सरकारमा रहेर पनि थाहा नपाएको कि थाहा पाएर पनि भाग आएर कुरा बाहिर नआएको ?जनताले अब मिठो कुरामा होइन वास्तविक कुरा बुझ्नुपर्छ|माननिय गोकुल बास्कोटा ज्युले भन्नु भएको कुरा प्रष्ट छ २१अर्व ८० करोड उठ्नुपर्छ|

  2. हरिहर Avatar
    हरिहर

    स्पष्टवादी । रोटी मिठा अर्सा, कुरा मिठा खस्रा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *