घनश्यामको सर्कुलर- सामाजिक सञ्जालको विकृति बुझौं, पार्टीका नेताबारे नकारात्मक टिप्पणी नगरौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीका नेता कार्यकर्तालाई पार्टीका नेताबारे नकारात्मक टिप्पणी नगर्न सर्कुलर जारी गरेका छन्। उनले नेताहरुलाई सामाजिक सञ्जालको विकृत्ति बुझ्न आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘कतिपयले पार्टी, कमिटी र अरु नेताहरुको मर्यादाका सीमा छुने वा उल्लंघन गर्ने गरी आफुलाई प्रस्तुत गर्नु भएको छ । वस्तुतः हामीलाई जतिसुकै खड्किएको विषय छ भने पनि सामाजिक सञ्जालमा प्रस्तुत भएर कुनै पनि समस्याको समाधान हुँदैन । त्यसो गर्दा हामीलाई कसैले स्वावासी नै दिइरहेको छ भने पनि त्यो क्षणिकमात्रै हुन्छ । अर्कोतर्फ, त्यस्ता प्रस्तुतिले हाम्रो साँस्कृतिक, बैचारिक तथा सामाजिक स्तरलाई तल झार्छ, पार्टीलाई कमजोर बनाउँछ । किनकि हामी हरेक सदस्यको साँस्कृतिक–वौद्धिकस्तर नै समग्रतामा पार्टीको स्तर हुन्छ । पार्टी सम्बद्ध सबै नेताहरुले सामाजिक सञ्जालले उत्पन्न गर्ने वा बढाउने विकृति र तिनका परिणाम बुभ्नु आवश्यक हुन्छ ।’

राजनीतिक व्यक्ति आफुप्रति मात्रै उत्तरदायी भएर पुग्दैन, हामीसँग समाजले, पार्टीले कमिटीले र अरु कमरेडहरुले पनि उत्तरदायित्वको माग गर्छन् भन्ने कुरा बुझ्नुपर्ने उल्लेख छ।

अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरु कमरेडहरुका बारेमा कुनै पनि नकारात्मक कुराहरु नलेख्न, शेयर नगर्न, बरु आफुलाई लागेका सबै कुरा पार्टी पद्धतिअनुसार उठाउन आग्रह गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *