थामेमा ककसको घर बगायो ? नामसहित

विराटनगर । सोलुखुम्बुको खोम्बु पासाङ ल्याह्मु गाउँपालिकाको बाढीग्रस्त थोमु गाउँमा खोजी र उद्धारको काम शुरु भएको छ ।

खोजी उद्धार र राहतमा जनपद र सशस्त्र प्रहरी तथा नेपाली सेना परिचालन भएका छन् । बाढीबाट जोखिममा परेकाहरुको उद्धारमा समेत सुरक्षाकर्मी जुटेका छन् ।

प्रहरीका अनुसार अहिलेसम्म ७ जनाको उद्धार गरिएको छ । १२ वटा घर बाढीले बगाएको छ । बाढीले थामे आधारभूत विद्यालयको भवन पनि बगाएको छ ।

बाढीले बगाएका घर तथा विद्यालय

१) आङ डोमा शेर्पाको घर
२) हिमालय ट्रस्ट किल्निक
३) थामे आधारभूत विद्यालय
४) कामी पेम्बा शेर्पाको होटल
५) काइँला शेर्पाको होटल
६) मिङमारिता शेर्पाको होटल
७) कामिरिता शेर्पाको घर
८) ङवाङ शेर्पाको घर
९) मिङमा नुरु शेर्पाको होटल
१०) निमा शेर्पाको घर
११) दोर्जी शेर्पाको घर
१२) छेचोक शेर्पाको घर
१३)पेम्बा शेर्पाको घर
१४) आपा शेर्पाको होटल

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *