काठमाडौं। टेस्ट ड्राइभ गर्नेभ भन्दै मोटरसाइकल लिएर फरार भएका व्यक्ति चोरी आरोपमा पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको हाँडीगाउँका २० वर्षीय राकेश थापासहित ३ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार थापाले हाम्रो बजारमा मोटरसाइकल विक्री सूचना राखेका व्यक्तीसँग सम्पर्क राखेर उनको केटीएम डुक मोटरसाइकल टेस्ट ड्राइभ गर्छु भन्दै लिएर फरार भएका थिए।
प्रहरीले थापाले चोरेको मोटरसाइकल प्रयोग गरेको आरोपमा भक्तपुरका १९ वर्षीय सुरोजन शाही र थापाका सहयोगी भक्तपुरका २९ वर्षीय विकाश धामीलाई पनि पक्राउ गरेको छ। थापाले यसअघि पनि यसरी मोटरसाइकल टेस्ट ड्राइभ गर्ने भन्दै लिएर फरार भएको प्रहरीको दावी छ।

Leave a Reply