६७ वर्षको उमेरसम्म शिक्षकको जागिर, नागरिकता कीर्ते गरेर सेवा लम्ब्याएको पुष्टि

काठमाडौं । एक सरकारी शिक्षकले ६७ वर्षको उमेरसम्म जागिर खाएको खुलेको छ । विशेष अदालतले बोधराज पौडेललाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

पौडेलले २०१३ बैशाख १७ गते जन्मिएको नागरिकता पेश गरेर अस्थायी शिक्षकको जागिर खाएका थिए, तर २०६० सालमा शिक्षक सेवा आयोगमा दरखास्त दिँदा उनले २०२० बैशाख १७ गते जन्मिएको नागरिकता पेश गरेको अदालतले ठहर गरेको छ ।

पौडेलले २०८० बैशाख १७ गतेमा अवकाश पाउँदा उनी प्रावि तृतीय श्रेणीको शिक्षक थिए । टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रीतेन्द्र थापाको इजलासले पौडेलले नागरिकता कीर्ते गरेर सेवा अवधि लम्ब्याएको ठहर गरेको हो ।

Comments

2 responses to “६७ वर्षको उमेरसम्म शिक्षकको जागिर, नागरिकता कीर्ते गरेर सेवा लम्ब्याएको पुष्टि”

  1. मिठु लामिछाने Avatar

    यति धेरै जरिवाना कसरी तिरेर सक्छन

  2. गुन लामिछाने Avatar
    गुन लामिछाने

    जरिवाना धेरै भो!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *