कांग्रेस केन्द्रीय कार्य समिति बैठकको पूर्वसन्ध्यामा हिन्दूवादी सदस्यहरुको छुट्टै बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकको पूर्वसन्ध्यामा छुट्टै बैठक बसेको छ । कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बुधबारदेखि सुरु हुँदैछ । कांग्रेसका हिन्दूवादी केन्द्रीय सदस्यहरुको बैठक चावहिलस्थित स्मार्ट महलमा बसेको थियो ।

बैठकमा नेपाली कांग्रेस हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजक एवं केन्द्रीय सदस्य शंकर भण्डारी अन्य केन्द्रीय सदस्यहरु पुष्पा भूषाल, सुजाता परियार, देवेन्द्रराज कंडेल, डिला संग्रौला, किरणराज पौडेल, मदन अमात्य, चदुर के.सी., चम्पादेवी खड्का, रंगमति शाही, दिनेश कोइराला, विद्य्यादेवी तिमिल्सेना, सितादेवी देवकोटा र शारदा पौडेल सहित १४ जना केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

हिन्दूवादी केन्द्रीय सदस्यहरुले महासमिति बैठकमा महासमिति सदस्यहरुले हस्ताक्षर गरेको हिन्दू राष्ट्र स्थापनाको एजेण्डालाई पार्टीले प्राथमिकता राख्नुपर्नेमा जोड दिएका थिए । बैठक पछि सञ्चारकर्मीहरु संग सक्षिप्त कुराकानी गर्दै के.स. भण्डारीले हिन्दू राष्ट्र स्थापनाको एजेण्डालाई पार्टीले प्राथमिकतामा राख्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।

Comments

One response to “कांग्रेस केन्द्रीय कार्य समिति बैठकको पूर्वसन्ध्यामा हिन्दूवादी सदस्यहरुको छुट्टै बैठक”

  1. पिताम्बर दाहाल! Avatar
    पिताम्बर दाहाल!

    यी आफुलाइ हिन्दुबादी काङ्ग्रेस भन्ने हरुसङ्ग जनताको मुद्दा केही छैन न त संगठन नै छ यसता सस्ता नारा लाएपछि जनताले समर्थन गर्छ्न अनि चुनाव जित्न पनि सजिलो हुन्छ भनेर यस्ता नारा लाका हुन ।तर अब जनता धेरै शिछित भै सके ।जनताको भलो हुने काम गर नभए जनता ले भुइँमा तान्छ्न!

Leave a Reply

Your email address will not be published. Required fields are marked *