गुरुदेव कामतको निधनमा मधेश सरकारले राष्ट्रिय झन्डा आधा झुकायो

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रसिद्ध शास्त्रीय संगीत साधक एवम् गायक गुरुदेव कामतको निधनमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ ।

सिरहाको पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको ६९ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । आर्थिक अभावमा मिर्गौला सम्बन्धी उपचार गराउन नसक्दा काठमाडौंबाट फर्केका उनको निवासमै निधन भएको थियो ।

गायक कामतको निधनमा शुक्रवार शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री सतिश कुमार सिंहले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको जानकारी गराएका थिए । सोही निर्णय बमोजिम आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाएको छ ।

शास्त्रीय संगीतको क्षेत्रमा गायक कामत देश र विदेशमा चर्चित थिए । राष्ट्रका गहना उनको उपचार अभावमा निधन भएपछि संघ र प्रदेश सरकारको आलोचना भइरहेको छ ।

Comments

One response to “गुरुदेव कामतको निधनमा मधेश सरकारले राष्ट्रिय झन्डा आधा झुकायो”

  1. raja ram phuyal Avatar
    raja ram phuyal

    उपचारमा कहिल्यै सहयोग नगर्ने मधेश सरकारले यो के नाटक गरेको ? गुरुदेव कामतको नाम पनि मधेश सरकारले मरेपछि सुनेको हुनुपर्छ । बेलैमा सहयोग गरेको भए कम्तिमा १५ वर्ष बढि बचाउन सकिन्थ्यो नि ! आख़िर सम्झनु त रैछ नि ! बिवेक शुन्य सरकार र नेताहरु मरेपछि गोहिको आशु झार्ने नाटक बन्द गर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *