कक्षा १२ को पूरक परीक्षा मिति तोकियो

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको मिति तोकेको छ ।

परीक्षामा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा नन ग्रेडेड प्राप्त गरेका वा दुई विषयमा अनुपस्थित भएका वा अन्य विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा नन ग्रेडेड वा कुनै एक विषयमा अनुपस्थित भएका विद्यार्थीहरुले मात्रै पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

परीक्षा भदौ २५ गते मंगलबार अनिवार्य अंग्रेजीको हुनेछ । एक विषयमा मात्र परीक्षा दिने परीक्षाथीको सबै विषय पनि यही दिन हुनेछ । त्यस्तै, दुई विषय परीक्षा दिनुपर्नेमा सानो कोड नम्बर भएको तर अनिवार्य अंग्रेजी र नेपाली दुवै परीक्षा दिनुपर्नेले अंग्रेजी (००४१) र दोस्रो दिन नेपाली (००२१) विषयको परीक्षा हुने बोर्डले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।

त्यस्तै, अर्को भदौ २६ गते अर्को विषयको परीक्षा हुनेछ । यस दिन भने दुई विषय परीक्षा दिनुपर्नेमध्ये ठूलो कोड नम्बर भएको विषय हुनेछ । यस दिन अंग्रेजीको परीक्षा हुनेछैन ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *