विप्लव नेतृत्वको नेकपाले गर्‍यो ६ महिने आवधिक योजनाको समीक्षा

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा बैठक बसेको हो।

बैठकमा महासचिव विप्लवले सामायिक राजनीतिक परिस्थितिका बारेमा ब्रिफिङ गरे।का छन्। बैठकले परिस्थितिबारे छलफल गरेर पार्टीको धारणा बनाउनेबारे छलफल भएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए।

बैठकमा ६ महिने आवधिक योजनाको समीक्षा पनि भएको छ। नेकपाका महासचिव विप्लवले समाजवादी मोर्चाको पनि संयोजन गरिरहेका छन्।
मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादव पक्षको नेसपा पनि सहभागी छ। मोर्चालाई अगाडि बढाउने बिषयमा पनि पार्टीभित्र छलफल भएको बताइन्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *