एमालेमा निस्क्रिय रहेका मणि थापा अन्ततः पदमुक्त

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापा पदमुक्त भएका छन्।

लामो समयदेखि पार्टीमा निष्क्रिय रहेपछि कुनै जिम्मेवारीमा नराखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

उनले भने, ‘उहाँ पार्टीको कुनै काममा पनि सक्रिय हुनुहुन्थ्यो। त्यसैले उहाँले पार्टी आफै छाडेपछि उहाँको रिक्त स्थानमा हिजोको बैठकले पूर्ति गरेको हो।’

हिजो बसेको दुई रिक्त स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरेको थियो। थापा माओवादी धारका नेता हुन्।

एमाले र माओवादीबीचको एकतापछि बनेको तत्कालीन नेकपामा उनलाई स्थायी कमिटीको जिम्मेवारी दिइएको थियो। तर, नेकपा एकता भंग भएपछि एमाले रोजेपछि केपी शर्मा ओलीले गैर सांसदको रूपमा मन्त्री समेत बनाएका थिए।

तर, पछिल्लो समय एमाले अध्यक्ष ओलीको कार्यशैलीमाथि नै प्रश्न उठाउँदै बिदामा बसेका थापालाई अहिले पार्टीले सबै जिम्मेवारीबाट अलग गरेको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *