यी हुन् एमालेका जिल्ला र निर्वाचन क्षेत्रका इन्चार्ज (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले ७७ वटै जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन, केन्द्रीय कमिटीमा मनोनयन र प्रदेश इन्चार्ज तोक्नेलगायत निर्णय गर्ने क्रममा जिल्ला इन्चार्जको जिम्मेवारी पनि तोकेको हो ।

जसमा पोलिटब्यूरो सदस्य देवीप्रसाद ज्ञवालीलाई चितवन जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ भने काडमाडौंको जिम्मेवारी आनन्दप्रसाद पोखरेललाई तोकेको छ ।

पोलिटब्यूरो सदस्य नै गोकुलप्रसाद बास्कोटालाई काभ्रेपलाञ्चोक, भक्तपुरमा महेश बस्नेत, ज्वालाकुमारी साहलाई बारा, बिशाल भट्टराईलाई खोटाङ, गणेशसिंह ठगुन्नालाई दार्चुला, ठाकुरप्रसाद गैरेलाई पाल्पा, जुलीकुमारी महतोलाई धनुषा, निरुदेवी पाललाई कञ्चनपुर, नरुलाल चौधरीलाई दाङ, सुर्य थापालाई प्यूठान, पार्वत गुरुङलाई दोलखा जिल्ला इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

अन्य पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्यलाई पनि विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्र तथा क्षेत्रगत फाटको इन्चार्ज, प्रमुख तथा संयोजकको जिम्मेवारी तोकिएको छ ।

यस्तो सूचीः

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *