अमेरिकी सहायक विदेशमन्त्री भन्छन्- भारत हाम्रो निकट साझेदार कहिल्यै हुँदैन

काठमाडौं । अमेरिकी सरकारका एक अधिकारीले भारत अमेरिकाको निकट साझेदार कहिल्यै हुन नसक्ने बताएका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री कुर्त काम्बेलले अमेरिकाको भारत निकट साझेदार नभए पनि भारतसँग सम्बन्ध हुन रणनीतिक रुपमा आवश्यक भएको बताएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार काम्बेलले मंगलबार भएकोे सिनेटको विदेश सम्बन्ध समितिको बैठकमा भारतको अमेरिकामा भएका डायस्पोरासँग मिलेर सम्बन्ध बलियो बनाउन सकिने बताएका छन् ।

भारत आफैं महाशक्ति बन्नेगरी लागेको भन्दै उनले भारत र अमेरिका निकट साझेदार बन्न नसक्ने बताएका हुन् । तर, सम्भव भएसम्मको सम्बन्ध बनाउन अमेरिकाले पहल गर्नुपर्ने उनको भनाइ छ ।

Comments

One response to “अमेरिकी सहायक विदेशमन्त्री भन्छन्- भारत हाम्रो निकट साझेदार कहिल्यै हुँदैन”

  1. Ankitt Thapa Avatar
    Ankitt Thapa

    “रुसी विश्व च्यानल आरटीका अनुसार” NepalPress RUSSIA को ठुलो फ्यान जस्तो लाग्यो हरेक भ्रामक समाचार साभार RUSSIAN Propoganda स्रोतबाट लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *