सौर्य एयरलाइन्स दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् : मन्त्री पाण्डे (भिडिओ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा मृत्यु भएका १८ शव आफन्तले बुझेको संसदलाई जानकारी गराएका छन् ।

प्रतिनिधिसभा बैठकमा उनले यमनका एक जना नागरिकको शव व्यवस्थापनका लागि पनि नेपालमा दूतावास नभएकाले त्यसका लागि सम्पर्क र समन्वयको काम भइरहेको बताए ।

मन्त्री पाण्डेले सो विमान दुर्घटनामा परी गम्भीर घाइते क्याप्टेन मनिषरत्न शाक्य उपचाररत रहेको र उनको अवस्था खतरामुक्त रहेको पनि बताए । उनले मृतकको शव व्यवस्थापनको सम्पूर्ण खर्च सौर्य एयरलाइन्सले व्यहोरेको पनि जानकारी दिए ।

गत साउन नौ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरे लगत्तै सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन शाक्यको गम्भीर अवस्थामा उद्धार गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *