न्यूरोडमा बालेनलाई झुकाएका वडाध्यक्ष चिनीकाजीले भने- जनताको जीत भयो (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडमा थालेको फुटपाथ विस्तारको काम स्थगित भएसँगै वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले गौरव व्यक्त गरेका छन् । महानगरसँग सहमति भएपछि न्यूरोडमै आएर उनले कोणसभालाई सम्बोधन गरेका थिए ।

कोणसभामा वडाध्यक्ष महर्जनलाई ‘न्यूरोड आन्दोलनका नायक’ सम्बोधन गरिएको थियो । उनले छोटो सम्बोधन गर्दै जनताको जीत भएको बताए । प्रजातन्त्रमा जनताले चाहेको कुरा नै हुन्छ भन्ने भाष्य स्थापित भएको उनको भनाइ छ ।

बताइएअनुसार २४ नम्बर वडामा फुटपाथ विस्तार भइसकेको हुँदा त्यहाँ पर्ने असरका बारेमा अध्ययन हुनेछ । २३ र २२ नम्बर वडामा सबै वस्तुस्थिति अध्ययन गरेपछि आउने निचोडका आधारमा अगाडि बढ्ने सहमति भएको छ ।

महानगरले फुटपाथ विस्तार सुरु गरेसँगै स्थानीय आन्दोलित बनेका थिए । उक्त आन्दोलनको नेतृत्व २२ नम्बर वडाका अध्यक्ष महर्जनले गरेका हुन् । उनले हिजोबाट सडकमै टेबलकुर्सी राखेर वडाको काम थालेका थिए ।

आन्दोलन ‘सफल’ भएपश्चात चिनीकाजीको भनाइ

आज साँच्चै जनताको जीत भएको छ । जनता हार्दैन भन्ने स्थापित भएको छ । डेमोक्रेसीमा जनताले चाहेको र खोजेकोमात्रै हुनुपर्छ भन्ने भाष्य स्थापित भएको छ ।

सडकपेटीको सुधारका नाममा हाम्रो व्यापारिक केन्द्र न्यूरोडलाई नाकाबन्दी गर्ने उद्देश्यले सडकपेटी विस्तारको नाममा सडक खुम्च्याउने योजना ल्याइएको हो । अब २२ नम्बर वडाको क्षेत्रमा कार्यदल बनाएर अध्ययनपछि आउने प्रतिवेदनको सिफारिसअनुसार मात्रै काम हुने भएको छ । कुनै पनि कार्यअघि अध्ययन गर्नुपर्छ भन्ने हामीले भन्दै आएका थियौं । जनताको माग र आवश्यकतालाई मध्यनजर गरेरमात्र विकासको कार्य थालनी गर्नुपर्छ ।

न्यूरोडको जनतालाई घाउ हुँदाखेरि अहोरात्र खटिनुभएको अन्य वडाका साथीहरुलाई सम्पूर्ण न्यूरोडवासीका तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । यो गुन सधैं सम्झिनेछौं । भोलिका दिनमा सम्झौता तोडमोड भयो या पालना भएन भने यहाँहरुलाई सम्झिनेछु । आन्दोलनमा सहभागी हुनुभएको सम्पूर्ण जनतामा पुनः एकपल्ट धन्यवाद ।

Comments

7 responses to “न्यूरोडमा बालेनलाई झुकाएका वडाध्यक्ष चिनीकाजीले भने- जनताको जीत भयो (भिडिओ)”

  1. afnai raja Avatar
    afnai raja

    जनताको जित हैन पार्किङ डनको दादागिरी हो यो । बाकी धेरै कुरा नवोलौ …

  2. Shivahari Pokharel Avatar
    Shivahari Pokharel

    पार्किङ डनको अस्थायी जीत हो । जनताले बुझ्छन २ ४ महिनामा

  3. govinda bhabuk Avatar
    govinda bhabuk

    तिम्रो जीत भएको होइन वडा अध्यक्ष ज्यु, तिम्रो बुद्धि भ्रष्ट भएको हो र पार्टीको दलाल, पार्किङका ठेकेदारको जित भएको हो। बिदेश तिर बजार क्षेत्रमा बाटो र फूटपथ कस्तो डिजाइनको हुन्छ थाहा छैन???????

  4. Tara Avatar
    Tara

    Bikash birodhi gati bidhi

  5. राम Avatar
    राम

    बिकास बिरोधि पाटीका भतुवा हरुको जित हैन हार हो |

  6. Haroiyo khursani Avatar
    Haroiyo khursani

    Stupid ward chairman

  7. Hariyo khursani Avatar
    Hariyo khursani

    मूर्ख वडा अध्यक्ष!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *