सदनमा पूर्वमन्त्री महतोले भने- पत्याउनुहुन्छ ? मैले हिजो मात्रै ५ हजार घुस दिएर आएँ (भिडिओ)

काठमाडौं । पूर्ववन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले देशमा भ्रष्टाचार र बिचौलियाले तलसम्म जरो गाडेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूले हिजो शिक्षा मन्त्रालय अन्तर्गत पर्ने सानोठिमीमा काम गराउनको लागि ५ हजार घुस दिएको बताए।

त्यसबारे उनको भनाइ

हाम्रो देशमा भ्रष्टाचारले यति ठूलो जरो गाडेको छ। म भूपू मन्त्री, मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु। कसले पत्याउने त्यो कुरा। पत्याउनुहुन्छ। मेरो छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्नुपर्ने थियो मैले ११ बजे पठाएको तीन बजेसम्म गर्दिएनन्, यो मिलेन त्यो मिलेन भन्छन्, हेर्दा सबै कागज मिलेको छ म आफैँ गए एउटा अधिकृतले यो कागज मिलेको छैन भन्यो। मिलेन भन्छन्, मेरो चिया खाने टाइम भयो भनेर जानुभयो। चार बजेसम्म कुरे आएनन्, त्यो बिचौलियालाई गएर पाँच हजार रुपैयाँ दिए, म बसिरहे, ५ मिनेटमा काम गरेर ल्याए।

Comments

One response to “सदनमा पूर्वमन्त्री महतोले भने- पत्याउनुहुन्छ ? मैले हिजो मात्रै ५ हजार घुस दिएर आएँ (भिडिओ)”

  1. Khem Avatar
    Khem

    यो घूस दिने निवर्तमान मन्त्री वर्तमान सांसद ले तुरन्त राजीनामा दिनु पर्छ । घूस दिने र घूस लिने दुवै देशद्रोही हुन। भन्ने कुरा थाहा नहुनेलाई जनता ले किन मान्ने नेता ? आफै घूस दिने अनि आएर क्याबिनेट मा बोल्ने लाज प्चेकाहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *