न्यूरोड विवादः सडकमै टेबुलकुर्सी राखेर काम गर्न थाले वडाध्यक्ष चिनकाजी महर्जन(तस्बिरहरु/भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडानम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले सडकमा टेबुलकुर्सी राखेर वडाको काम सुरु गरेका छन् ।

२२ नम्बर वडाका वडाध्यक्ष महर्जनले महानगरले न्यूरोड फुटपाथ विस्तार गर्ने निर्णय फिर्ता नलिएसम्म वडाको काम सडकबाट गर्ने भन्दै सडकबाटै काम थालेका हुन् ।

उनले महानगरविरुद्ध फुटपाथ विस्तारको निर्णय फिर्ता गराउन दबाब दिँदै सडकबाटै वडाको काम सुरु गरेको बताए । धर्मपथ सडक खण्डको नेपाल बैक जाने बाटोमा धर्नाको लागि बनाएको पालभित्रबाट काम सञ्चालन गरेको उनले बताए । उनले वडाध्यक्षको नेमप्लेट र कुर्सी टेबल राखेर ९बजेर ५५ मिनेटदेखि काम सुरु गरेका छन् ।

उनले भने‘महानगरपालिकाको फुटपाथ बिस्तार निर्णय फिर्ता नलिजेलसम्म २२ वडाका सम्पुर्ण कामकाज धर्मपथ सडक खण्डको नेपाल बैक जाने बाटोमा धर्नाको लागि बनाएको पालभित्रबाट संचालन गर्छौ ।’

उनीसँगै कर्मचारीहरुले पनि सडकबाट काम  थालेका छन् ।

महानगरले न्यूरोडमा सडक साघुँरो बनाएर फुटपाथ विस्तार सुरु गरेको भन्दै वडाध्यक्ष महर्जनसहित स्थानीय विरोधमा उत्रिएका छन् । गत बुधबारदेखि फुटपाथ विस्तारको काम सुरु भएतापनि शुक्रबारदेखि भने स्थानीयले काममा अवरोध पुयाएका छन् ।

महानगरले आज विहान डोजर फिर्ता लगेको छ । अहिले ३२ वटै वडाका वडाध्यक्षहरु र सदस्यहरुले महानगरको कामको विरोध गरिरहेका छन् ।

 

Comments

2 responses to “न्यूरोड विवादः सडकमै टेबुलकुर्सी राखेर काम गर्न थाले वडाध्यक्ष चिनकाजी महर्जन(तस्बिरहरु/भिडिओ)”

  1. rajan saugat Avatar
    rajan saugat

    कहि नभाको जात्रा हाडिगाउमा …….

  2. Samir Avatar
    Samir

    सडक किनारा (फुटपाथ) मा हिड्ने सर्वसाधारण प्रती पुराना भ्रष्ट एमाले , काङ्ग्रेस , माओवादीका झोलेहरुको कति धेरै रिस र घृणा रहेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *