अख्तियारमा १२ महिनामा साढे २६ हजार उजुरी, ४४ जना रङ्गेहात पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो १२ महिनामा भ्रष्टाचारजन्य कसुर गरेको भन्दै करिब साढे २६ हजार उजुरी दर्ता भएका छन् ।

आयोगका अनुसार यो अवधिमा २६ हजार ५ सय २२ उजुरी दर्ता भएका छन् । अघिल्लो वर्ष फर्छ्योट हुन बाँकी ९ हजार २ सय ६८ उजुरी थिए ।

यो वर्ष कुल ३५ हजार ७ सय ९० उजुरीमध्ये २७ हजार ३ सय ७५ उजुरी फर्छ्योट भएको अख्तियारले जनाएको छ ।

पछिल्लो एक वर्षमा रङ्गेहात पक्राउका ३२ घटनामा ४४ जना पक्राउ परेको र तीमध्ये ३२ जना राष्ट्र सेवक कर्मचारी भएको अख्तियारको तथ्यांक छ ।

यस्तै यो अवधिमा गैह्र कानूनी लाभ हानीमा ५८, घुस रिसवतमा ४८, नक्कली शैक्षिक प्रमाणपत्रमा ३४, सार्वजनिक सम्पत्ति हानी नोक्सानीमा ३४, राजस्व चुहावटमा १३, गैह्र कानुनी सम्पत्ति आर्जनमा ११ र विविधतर्फ ३ सहित कुल २ सय १ मुद्दा विशेष अदालतमा दर्ता गरेको छ ।

यी मुद्दामा कुल एक हजार ५ सय २० जनालाई प्रतिवादी बनाइएको छ।

त्यसमा राष्ट्र सेवक कर्मचारी ५ सय २४, निर्वाचित जनप्रतिनिधिहरू एक सय १ र मनोनीत पदाधिकारीहरू एक सय ८१ जना छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *