अदालतको आदेशपछि महानगरले सुरु गर्‍याे न्यूरोडमा फुटपाथ विस्तारको काम

काठमाडौं । उच्च अदालत पाटनबाट न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन बाटाे खुलेसँगै काठमाडौं महानगरपालिकाले काम अघि बढाएको छ ।

आज बिहानैबाट महानगरलेन्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन सुरु गरेको हो । अहिले डोजर लगाएर सडकको दायाबायाँ भत्काउन सुरु गरिएको छ ।

तीन दिन अघि उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

उक्त आदेशसँगै महानगरले फुटपाथ विस्तारको काम सुरु गरेको महानगरले जनाएको छ । यसअघि महानगर न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रकिया अगाडि बढाएको थियो । कालोपत्रे समेत काटेर काम सुरु गरिसकेको थियो ।

तर सडक डिभिजन काठमाडौंले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै सामान जफत गरी फुटपाथ विस्तारमा रोक लगाएको थियो । महानगरले फुटपाथ बिस्तारको लागि काटेको सडक समेत सडक डिभिजनले पुन पुरेर पीच गरेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *