इतिहासमा पहिलो पटक मन्त्री र पूर्वमन्त्रीलाई जेल हालियो : पूर्वमुख्यमन्त्री शाही

सुर्खेत । कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले इतिहासमा पहिलो पटक मन्त्री र पूर्वमन्त्रीहरुलाई भ्रष्टाचार मुद्दामा जेल हालिएको बताएका छन् ।

मंगलबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा पूर्व मुख्यमन्त्री शाहीले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार गर्नेहरुलाई जेलमा हालेको दाबी गरेका हन् ।

देशमा बढ्दै गएको भ्रष्टाचारलाई रोक्ने प्रयास गरेको उनले भने, ‘यो इतिहासको पहिलो घटना हो । उच्च तहका नेताहरुलाई राज्यको कानूनका दायरामा उभिएको पहिलो घटना हो । जनताले चाहेको पनि यहि हो ।’

पूर्व मुख्यमन्त्री शाहीले अहिलेको सरकारको दाहित्य सुशासनको अभियानलाई अगाडि लिएर जानुपर्ने बताए ।

देशमा विकास भएतापनि नयाँ मोडेलबाट विकास हुन् नसकेकोमा दुःख व्यक्त गरे । कर्णालीमा परम्परागत तरिकाबाट विकास गरेर कनिका छर्ने काम गरेको उनको भनाइ छ । कार्यकतामुखि बजेट बनाएर देश दिनप्रतिदिन कङ्गाल हुँदै गइरहेको उनले बताए ।

‘रातारात चरम भ्रष्टाचार गरेर धनी भएकाहरूलाई सरकारले कारबाही गरोस् भन्ने जनताको चाहना रहेको छ’, उनले भने, ‘उपलब्धिहरुको रक्षा गर्नु अहिलेको प्रमुख चुनौती हो । अस्तित्वको अन्त्य नगरेमा जनताको अपेक्षा पूरा हुँदैन ।’

Comments

3 responses to “इतिहासमा पहिलो पटक मन्त्री र पूर्वमन्त्रीलाई जेल हालियो : पूर्वमुख्यमन्त्री शाही”

  1. achyut lamichhane Avatar
    achyut lamichhane

    govind raj joshi. Khum bahadur khaka lai pani prachanda sarakarle ho jel haleko?

  2. ksp pyl Avatar
    ksp pyl

    अब पूर्व प्रधानमन्त्रीलाई जेल हाल्नुपर्छ । १७००० मारेको र शिविरको पैसा खाएको कसूरमा ।

  3. milan k raut Avatar

    अतीतको अध्ययन पुगेन कि ?
    जेपी गुप्ता, खुमबहादुर खड्रका र चिरन्जिवी वाग्लेहरुलाई जेल हाल्दा माओवादी कहाँ थियो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *