समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं । आज समाजवादी मोर्चाको बैठक बस्दैछ । आज अपरान्ह ४ बजे नेकपा (एकीृकत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।

साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ ।

समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।

यसअघि समावेश जनता समाजवादी पार्टी, नेपाल फुटपछि समाजवादी मोर्चामा छैन । जसपा नेपालले समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ ।

Comments

One response to “समाजवादी मोर्चाको बैठक बस्दै”

  1. एक नेपाली Avatar
    एक नेपाली

    चित्रे काकालाई पनि लैजाउ तिमीहरुको मोर्चामा, तिमीहरु जस्तै बिचरा बुढाले पनि काङ्ग्रेसको भोटले जितेर अहिलेसम्म राज्यको तलब भत्ता सेवा सुबिधा लिन पाइरहेको छ 😂😂😂

Leave a Reply

Your email address will not be published. Required fields are marked *