सुरक्षा अंगका प्रमुखलाई खुमलटार बोलाएर प्रचण्डले भने- राजनीतिक परिस्थिति जे भए पनि अविचलित रूपमा सेवा गर्नुस्

काठमाडौं । काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटा सुरक्षा अंगका प्रमुखसँग छलफल गरेका छन्।

आज बिहान निजी निवास खुमलटारमा बोलाएर सिमलताल बस दुर्घटना पछिको खोजी कार्यको पछिल्लो अवस्थाको जानकारी लिएका हुन्।

उनले सबै उपायहरूको अवलम्बन गरी खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशन दिएको स्वकीय रमेश मल्लले बताए।

सिमलताललगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरे।

सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरे।

देशको राजनीतिक परिस्थिति जे जस्तो भएता पनि देशको स्थायी सरकारको रूपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा जनताको सेवामा लागि पर्न आग्रह समेत गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *