युवासंघका सदस्य रवि थापा हत्या आरोपी दुई जनाले आत्मसमर्पण गरे

रुपन्देही । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्वसदस्य रवि थापाको हत्याका दुई आरोपीले आत्मसमर्पण गरेका छन् ।

बुटवलका किशोर कुँवर र कुस्मन कार्कीले शुक्रबार आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिएका छन् ।

गत जेठ २ गते कालिकानगरको एक रेष्टुरेन्टमा छुरा प्रहारबाट घाइते भएका बुटवल–७ निवासी ३६ वर्षीय रविको उपचारका क्रममा असार १८ गते बिहान मृत्यु भएपछि युवा संघ रुपन्देही आन्दोलनमा रहेको थियो ।

राष्ट्रिय युवा संघ रुपन्देहीले घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारवाही गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै दबाबमूलक कार्यक्रम गरेको थियो । रविको हत्या आरोपीहरुले आत्मसमर्पण गरेकाले अब घटनाको थप अनुसन्धान अगाडि बढ्ने प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *