भुटानमा लोकतन्त्र आएपनि जेलको अवस्था र न्याय प्रणाली खराब छः ह्युमेन राइट्स वाच

काठमाडौँ । मानव अधिकार क्षेत्रमा काम गर्ने अमेरिकी संस्था ह्युमेन राइट्स वाचले भुटानमा बहुदलिय लोकतन्त्र आएपछि  जेलको अवस्था र न्याय प्रणाली खराब भएको बताएको छ ।

वाचले बुधबार सावैजनिक गरेको एक रिपोर्टले भूटानमा सन २००८ मा बहुदलिय लोकतन्त्र आएपनि तानशाही व्यवस्थाको समयमा जेल परेकाहरु अझै जेलमा भएको बताएको छ ।

उसले भुटानमा राजनीतिक पम्प्लेट बाँडेको नाममा तीस वर्ष जेल सजाय भोगेर ६ दिन अगाडि निस्किएका ६६ वर्षका राम बहादुर राईको उदाहरण दिएर यस्तो बताएको हो । राईले उपचार नपाएको, खाने रकम कम दिइएको, बोरामा सुत्नु परेको जस्तो वाचलाई बताएका थिए ।

ह्युमने राइट्स वाचकी एसिया क्षेत्रकी उननिर्देशक मिनाक्षी गांगुलीले भनेकी छिन्, ‘भुटानले ग्रस नेसनल ह्यापीनेसको कुरा दिएर विश्वमा राम्रो छबि बनाउन खोजे पनि यस्ता अपमानजनक व्यवहारले त्यो भन्दा फरक कथा भएको देखाउँछ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *