सांसदहरूलाई एमालेको ह्विप- प्रधानमन्त्रीले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्नू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

स्पष्ट अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।

प्रधानमन्त्रीले विश्वासको लिने अनिवार्य उपस्थित भई विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको प्रमुख सचेतक महेश बर्तौलाले बताए।

प्रचण्ड सरकार ढलेपछि कांग्रेससँगको सहमति अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दैछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *