२०८१ भित्रै नयाँ दल खोल्ने हर्क साम्पाङको घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै साम्पाङले २०८१ भित्र दल खोल्ने घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘२०८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौँ । मन परे साथ दिएर जोडिनुहोला ।’

साम्पाङ सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनले आफ्ना हरेक प्रतिक्रिया सञ्जालबाट नै दिने गरेका छन् ।

Comments

One response to “२०८१ भित्रै नयाँ दल खोल्ने हर्क साम्पाङको घोषणा”

  1. khem pd lamichhane Avatar
    khem pd lamichhane

    jatiya gandha aayo timi party nakhol saphal hudaina.

Leave a Reply

Your email address will not be published. Required fields are marked *