बाग्मती प्रदेशको जर्सी सार्वजनिक

काठमाडौं । बाग्मती प्रदेश स्केटिङ्ग तथा स्केट बोर्डिङ संघको आयोजनामा बाग्मती प्रदेशको जर्सी सार्वजनिक भएको छ।

ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष प्रकाश श्रेष्ठ, उपाध्यक्ष सुमन कट्टेल, विकास लामा, सह-सचिव माइकल पर्जा, र कोषाध्यक्ष अनिश बानियाँको उपस्थितिमा खेलाडीहरूलाई जर्सी वितरण गरे।

अध्यक्ष श्रेष्ठले स्केटिङ र स्केटबोर्डिङ साहसिक खेल भएकोले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालले अग्रसरता लिनुपर्नेमा जोड दिए ।

श्रेष्ठले भने, ‘बागमती प्रदेशमा एक पालिका एक स्केट पार्क बनाउने लक्ष्यको साथ अगाडि बढी सकेको र खेलाडिको स्तर बढाउन बागमती प्रदेशले कोचको व्यवस्था गछौं। उपाध्यक्ष विकास लामाले स्केटिङ साहसिक खेल पर्यटनको प्रचुर सम्भावना भएको र यसलाई सरकारको थप हौसला र सहयोगबाट राष्ट्रिय स्तरमा विकास गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा विभिन्न कम्पनीहरूले प्रायोजक भएर स्केटिङ्ग तथा स्केटबोर्डिङ खेललाई विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे। ह्वाइट रयाबिट स्टुडियोका संचालक विवेक शर्माले यस खेललाई प्रोत्साहित गर्ने बताए ।

गाबहाल डेन्टल क्लिनिक, फ्यूचर फाउन्डेशन, क्लब डायनामिक, र रसुवा सनसाइन ग्रेस हाउसका संचालकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जानकारी उपाध्यक्ष सुमन कट्टेलले गराए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *