काठमाडौं। जर्मनी जारी युरो कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ।
आइतबार बिहान भएको खेलमा जर्मनीले डेनमार्कलाई २-० गोलले हरायो। जर्मनीको जितमा काई हावार्टज र यमल मुसियालाले गोल गरे।
हावार्टजले ५३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। ६८ औँ मिनेटमा मुसियालाले अग्रता दोब्बर बनाएपछि जर्मनी जितनजिक पुगेको थियो।

Leave a Reply