चितवनमा विप्लव नेतृत्वको नेकपाको रोपाइँ महोत्सव

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनको माडी खैरहनीमा धान रोपाइँ महोत्सव गरेको छ । पार्टी सम्बद्ध ‘जनश्रम कृषि सहकारी संस्था लिमिटेड’को आयोजनामा धान दिवस तथा रोपाइँ महोत्सव गरिएको हो ।

महासचिव विप्लवले धान रोपेर सबैलाई कृषि कर्ममा लाग्न अनुरोध गरे ।

उनले भने, ‘आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता कार्यकर्ता र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ सामूहिक जीवनशैली अपनाउँदै देशैभर सामूहिक उत्पादन केन्द्रहरु सञ्चालन गरेका छौं ।’

महासचिव विप्लवले केन्द्रीय उत्पादन इकाइको रोपाइँमा दलको दायराबाट माथि उठेर खुला मनसहित सहभागी सबैमा धन्यवादसमेत व्यक्त गरे ।

Comments

One response to “चितवनमा विप्लव नेतृत्वको नेकपाको रोपाइँ महोत्सव”

  1. Nabaraj dani chhetri Avatar
    Nabaraj dani chhetri

    Good content

Leave a Reply

Your email address will not be published. Required fields are marked *