माधव नेपालले जस्तो अरूले कम्युनिष्ट आन्दोलन नेतृत्व गर्न सक्दैनन्, कुनै दाग पनि छैन : जगन्नाथ खतिवडा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो अरूसँग एकता गरेर नमिसिने बताएका छन् ।

जनताका नेता नेपाल पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरूले निर्माण गरेको पार्टीलाई मर्न नदिने बताए।

उनले भने, ‘यो पार्टीलाई हामीले निर्माण गरेका हौँ। यसलाई मर्न दिन हुँदैन, यो कतै मिसिँदैन । यसको अस्तित्व समाप्त हुन सक्दैन । आजको नेपालीको समाजमा समाजवादको धरोहर बोकेर हिँड्ने नेकपा एकीकृत समाजवादी जन्मिएको हो । अबको समाजवादको नेतृत्व गर्ने र कम्युनिष्ट आन्दोलनको झण्डा उठाएर हिँड्ने जिम्मेवारी माधव नेपालको हातमा आइलागेको छ । हामी उहाँको सहयात्री हौँ ।’

नेपालको राजनीतिमा माधव नेपालजस्तो कुनै दाग नलागेको नेता नभएको जिकिर गरे । उनले माधव नेपालले जस्तो कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने क्षमता अरू कसैले नराख्ने जिकिर गरे ।

Comments

4 responses to “माधव नेपालले जस्तो अरूले कम्युनिष्ट आन्दोलन नेतृत्व गर्न सक्दैनन्, कुनै दाग पनि छैन : जगन्नाथ खतिवडा”

  1. समिर Avatar
    समिर

    वालुवाटार र विन देवाके टिकट बहुला

  2. bharat kumar thapa Avatar

    महाकाली अरूण तेश्रो चाइना साउथ एयर ललिता निवास पतन्जली पटकपटक कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने काम २०३९/२०५४ /२०७७ मा गरेको गद्दारी कम्युनिस्ट आन्दोलनको इतिहासमा लेखिन्छ माधवकुमार नेपालको रायमाझीपथ।

  3. Rabin Avatar
    Rabin

    Makune nepal ko communist ko kalanka ho. Lal gaddar

    1. ksp pyl Avatar
      ksp pyl

      कम्युनिष्टमा पदलोलुप र भ्रष्ट नम्बर एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *