काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज बिहान सार्वजनिक गर्ने भएको छ ।
आज बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार नतिजा प्रकाशन अघि बोर्ड बैठक बोलाइएको उनले बताए ।
बिहान ८ बजे बोर्ड बैठक सकिने वितिकै नतिजा सार्वजनिक हुनेछ । एसईईको परीक्षा गत वर्ष चैतमा सञ्चालन भएको थियो ।

Leave a Reply